प्रधानाध्यापकसहित तीनविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल जनता प्राथमिक विद्यालय, नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले यादवलाई शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको खुल्न आएपछि मुघा दायर गरेको हो ।

यादवले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट हाई स्कूल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी शिक्षक पदमा बहाल रही लाभ समेत लिएको आयोगका प्रवक्ता प्रदीप् कुमार कोइरालाले बताउनुभयो । उहाँका अनुसार यादवलाई कानून बमोजिमको सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरिएको छ ।

यस्तै आयोगले आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी र कर अधिकृत नवराज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । सुवेदी र भट्टराईको मिलेमतोमा स्वास्थ्य चौकी भवन निर्माणमा कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग सुवेदीले १५ हजार घूस माग गरेका थिए भट्टराईले मु.अ.कर समायोजनमा दस्तखत गरेका थिए ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार उनीहरु दुवैलाई कानून बमोजि कारबाहीको म जरिवाना र कैद सजायँको माग गरिएको छ ।