गैरसरकारी संस्थाद्वारा आफ्नै कार्यक्रमको लेखापरीक्षण

0
Shares

नेपाल समचारपत्र, मुगु
मुगुका गैर सरकारी सस्थाको काम र रकम दुरुपयोग भएको कुरा उठि रहेको बेला गैर सरकारी सघं सस्थाले धमाधम आफनै कार्यक्रमको लेखापरिक्षण गर्न थालेका छन् । मुगुको सोरु गाउँ पालिकामा कार्यरत गैरसरकारी सघं सस्थालाई सार्वजनिक लेखा परिक्षण गाउँपालिकाले अनिवार्य भनिय पछि गैरसरकारी सघंसस्थाले आर्थिक बर्षको अन्त्य तिर आएर सार्वजनिक लेखा परिक्षण धमाधम गर्न थालेका छन् ।

गाउँपालिकामा कार्यरत एक दर्जन गैरसरकारी संस्था मध्य धेरै लागतमा ,बिभिन्न कार्यक्रम सँग सम्बद्ध गैरसरकारी संस्था कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुले पनि १ रोड ९५ लाख को अनुदानमा संचालित कार्यक्रमको समिक्षा सहित सार्वजनिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त सस्थाले गाउँपालिकाममा गुर्णस्तरिय शिक्षा,बिकासका पूर्वाधार निमार्ण,स्वास्थ्य ,आयआर्जन , लगाएतका क्षेत्रमा अनुदानमा रकम लगानी गरिएको कुरा कर्णाली एकिकृत ग्रामिण बिकासतथा अनुसन्धान केन्द्र मुगुका कार्यक्रम संयोजक टेकबहादुर शाहीले बताउँनु भयो । लेखापरिक्षण कार्यक्रमले अबदेखि निरन्तरता पाएमा जिल्लामै बिकासको गति अघि बढनु पर्ने सोरु गाउँपालिकाबाट शुरु भएको लेखापरिक्षण कार्यक्रम जिल्लाका अन्य स्थानिय तहमा समेत सिकाई हुने कुरा गुड नेर्वस मुगुका अध्यक्ष भूमबहादुर बुढाले बताए ।

कर्णालि एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुले आफनो जिल्ला भर संचालित कार्यक्रमको सार्वजनिक लेखापरीक्षणले संस्थाको पारदर्शिता दिएको स्वयम गाउँपलिका र अन्य गैरसरकारी सघंसंस्थाले समेत यो संस्थाको आयव्ययको विवरण सरोकारवाला सामु राखेकोमा सो सस्थालाई धन्यवादबाट अछुतो नरहेको कुरा सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्लले बताइन् ।

सोरु गाउँपलिकामा सञ्चालन भएको सावजनिक सुनुवाइ र लेखा परिक्षण कार्यक्रम जिल्लाका चारवटै स्थानीय निकायमा समेत सञ्चालन गरी काममा पारदर्शिता ल्याई जिल्लाको समग्र विकास अघि बढ्ने सहभागीहरुले बताएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकको जनप्रतिनिधि, कार्यकारी अधिकृत, वडा अध्यक्ष, संचारकर्मि, नागरिक समाज सुरक्षाकर्मी, सम्बन्धित सरोकारवाला सबैको सहभागितामा सञ्चालन गरिएको छ ।