रसुवामा उन्मुलन भएन बिर्ताप्रथा

0
Shares

सरस्वती न्यौपाने, रसुवा
रसुवाको नौकुण्ड,कालिका र उत्तरगया गााँपालिकाका किसान बिर्ता प्रथा उन्मुलन को ६ दशकमा पनि किसान अझै समस्यामा झेलिदै आएका छन् ।
जिल्लामा करिब एक हजार ४ सय ६९ रोपनि बिर्ता रहेको र जमिन ४० विर्तावालाको नाममा रहेको छ । भने नौकुण्ड, कालिका र उत्तरगया का करिब एक हजार परिवार विर्ता समस्याबाट पीडित रहेका छन्।रसुवा र नुवाकोट का विभिन्न भेगको खेतियोग्य जमिन तत्कालिन राजा पृथ्वीनारायण शाहले वि.स.१८०१ मा नुवाकोट जितेपछि नातेदार र सहयोगी लाई बिर्ताको रुपमा बाडेका थिए ।

कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी का अनुसार गाउँपालिकाले भुमि सुधार सम्बन्धि विशेष घोषणा कार्यक्रम अनुसार लामो समयदेखी थाति रहेको बिर्ता समस्या समाधान गर्ने तथा प्रदेश तथा संघिय सरकार ले बिर्ता जग्गाको लालपुर्जा बदर गरी किसान लाई जोतभोगको आधारमा लालपुर्जा नदिएमा गा.पा.आफैले लालपुर्जा वितरण गर्ने बताइएको छ ।

गा.पा. उपाध्यक्ष भवानि न्यौपाने ले भने गा.पा. वडा नम्बर ५ मध्ये ४ वडामा विर्ता समस्या अझै बाँकि भएकोले आफ्नो क्षेत्र भित्रका विर्ता समस्या सुल्झाइ ३ बुंदे घोष्णापत्र पनि जारी गरेको बताए । जग्गाको स्वामित्व लिनको लागि किकसानहरु १२ वर्ष देखि संघर्ष गरिरहेको र शक्तिका आडमा बिर्तावालाले मालपोत कार्यालय संग मिलेमतो गरी गैरकानुनि तवरले २०६३ सम्म लालपुर्जा बनाई लगेको बताउछन् ।

रसुवामा रहेको बिर्ता जग्गा ख श्रेणीको बिर्ता भएको ले बिर्ता उन्मुलन ऐन २०४९ को संशोधन मा यस्तो जग्गा २०४९ असार मसान्त पछि कुनै विर्तावालाको नाममा दर्ता गर्न नपाउने र यदी दर्ता भए पनि मान्यता नपाउने कानुनी व्यवस्था रहेको छ ।