स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

0
Shares

हेटौंडा, (नेस)
प्रदेश–३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल खरिद गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले सशर्त अनुदानको व्यबस्था गर्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । सरकारबाट ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शववाहन माग भएकोले सोहीअनुसार खरिद गर्न सशर्त अख्तियारी प्रदान गरिएको हो ।

हेटौंडा–१५ मा अटोभिलेज निर्माणका लागि हेटौंडा उपमहानगरपालिकालाई ३० वर्ष भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले प्रदेश नीति तथा योजना आयोग सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको छ । नवनियुक्त सदस्य डा. कँडेललाई मुख्यमन्त्री पौडेलले सपथग्रहण गराउनुभएको छ ।