पोसाकविनै कार्यालय जान्छन् कर्मचारी

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाका सरकारी कर्मचारीहरुले पोसाक भत्ताबापतको रकम बुझेर पनि पोसाक नलगाउने गरेको पाइएको छ । जिल्लास्थिीत सरकारी कार्यलय, शिक्षणसंस्था, स्वाथ्य क्षेत्र र स्थानीय तहमा रहेको १ हजार १ सय २८ भन्दा बढी कर्मचारी रहेका छन ।

गएको आर्थिक बर्ष २०७४÷७५ सालकै मात्र जिल्ला भरिका कर्मचारी लाई पोशक भत्ताको लागि सरकारले १५ हजार रुपियाँका दरले वार्षिक रकम १करोड ९२ लाख रुपियाँ निकासा भएको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा भने यस बर्ष देखि २० हजारका दरले कर्मचारीहरु लाई पोशक भत्ता दिने सरकारले निणर्य गरेको हो । तर हुम्लामा अहिले सम्म सरकारी कार्यलयका कर्मचारीले पोशक नलगाएर कार्यलयमा हाजिर भएका छन ।

उता सरकारी कार्यलयकै मुटु मानिएको जिल्ला प्रशासन कार्यलयममै कर्मचारीहरुले पोशक नलागएको खुलासा भएको छ । अधिकाँस कार्यलयका कर्मचारीले पाएको पोशक भत्ता खल्तीमा गएको र कार्यलय संचालन अवधिभर सरकारले तोकिएको पोशक भन्दा बाहिर ड्रेसमा काम गरिररेहका छन । सिमकोट गाउँपालिका कार्यलयमा सेवा लिन गएका सेवाग्राही भुवन भण्डारी भने अहिले को कर्मचारीको सेवाग्राही आफुले कसै लाई नचिनेकै कारणले छुटाउनै गाह्रो भएको बताए ।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलोका लागि पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य जिल्ला प्रशास कार्यलय जिल्ला प्रशासन कार्यलयका मातहाताका कार्यलय गाउँपालिका वडामा रहेका धेरै कर्मचारीले नै पोसाक नै नलगाई कार्यालयमा काम गरिरहेको श्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकाले हिमाली जिल्ला भएकोले समस्या भएको हुन सक्ने र आउने नियमिति सरकारी कार्यालयका कर्मचारीको बैठकमा सबै लाई पोशक लगायन अनिर्वाय गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कर्मचारीको नियमिति बैठकमा कार्यलय अवधि भरि पोशक लगाएर काम गर्न निर्देशन दिएको बताउनु भयो । जिल्लाका अधिकारी शिक्षण संस्था बाहेकका कार्यालयका कर्मचारीले सरकारले तोकेको पोसाक नलगाएको स्वीकार गरेका छन ।

कर्मचारीले नै नियमको दुरुपयोग गरेपछि सरकारले दिएको पोशक भत्ता कर्मचाीको खल्तीमा गएको र कार्यलयमा कर्मचारी सेवाग्रही छुटाउन समस्या भएको सिमकोट गाउँपालिका २ निवासी गोरसिह बोहराले बताउनु भयो । सामान्य प्रशासन मन्त्रालयले कार्यालय अवधिभरि पोसाक नलगाउने कर्मचारीलाई निजामति सेवा ऐन २०४९ बमोजिम कारबाही गरिने निर्देशन दियता पनि हुम्लामा लागु भएको छैन । सामान्य प्रशासन मन्त्रालयले प्रत्येक कर्मचारीलाई पोसाक भत्ता शीर्षकमा चैत्र मसान्तमा एक मुष्ठ १५ हजार उपलब्ध गराइँदै आएको छ ।

कार्यलय प्रमुख देखि कार्यालय सहयोगीसम्म सबैलाई सरकारले पोसाक भत्ता शीर्षकमा रकम उपलब्ध गराएको हो । सेवाग्राही र कर्मचारीलाई कार्यालयमा जाँदा सजिलै संग चिन्न सकियोस् भनेर सरकारले आफना मातहातका सबै कार्यालयका कर्मचारीलाई पोसाक अनिवार्य गरहेको हो । सरकारले कर्मचारीलाई कार्यालय पोसाक लगाउन परिपत्र जारी गरे पनि हिमाली जिल्ला हुम्लामा चिसोकै कारणले तोएिको पोशकले काम नगर्ने भएकोेले लगाउन नसकिएको कर्मचारीहरुले बताएका छन ।

पुरुष कर्मचारीका लागि सेतो सर्ट, गाढा नीलो पाइन्ट र महिला कर्मचारीका लागि नीलो साडी तोकिएको छ। महिला कर्मचारीले असहज भए सेतो सर्ट र गाढा नीलो पाइन्ट लगाउन सकिने जिल्ला प्रशासन कार्यलय स्रोतले बताएको छ । निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली–२०६५ मा निजामती कर्मचारीले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने निदैृशन गरियात पनि हुम्लामा भने लागू नभएको खुसी भएको छ ।