संघीयता सिध्याउने खेलमा सरकार

0
Shares

सर्लाही, (नेस)
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार संघीयता सिध्याउने खेलमा लागेको आरोप लागाउनु भएको छ। सोमबार सर्लाहीको बरहथवामा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत भैइसक्नु भएका उपसभापति निधिले नेपाली काँग्रेसको पालामा जारी भएको संबिधानलाई वर्तमान सरकारले थप सुदृढ गर्नको साटो एकपछि अर्को अलोकतान्त्रिक निर्णय गरेर सिध्याउन लागेकाले अब सजक हुने बेला आएको बताउनुभयो।

सरकार गठन भएको १४ महिना बितिसक्दा समेत प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाउदा विकासको काम हुन सकेको उहाले दावी गर्नुभयो, उहाले भन्न्भयो( संबिधान निर्माण पछि सरकारले संविधानका सुदृढका गर्न बाँकी काम गर्न सकेको छैन, सरकार अहिले कमाउको नीतिमा लेगेकाले विकासको कामले गती लिन नसकेको उहाँको भनाइ छ। सरकारमा प्रतिपक्षीको भुमिका कमजोर भएको हो ? भनेर सचारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै उहाले भन्नुभयो विगतमा नेकपाले गरेजस्तै सडकको रेलिङ्ग भाँच्ने, संसदको कुसी भाँच्ने, माइक र टेबल फुटाएर अराजक उदण्ड प्रतिपक्ष काँग्रेस बन्दैन ।

काँग्रेसले जेठ ११ गते देखि जनजागरण कार्यक्रम सुरु गर्ने भएकाले त्यसमा सहभागी हुन सबै कार्याकर्तालाई आग्रह गर्नुभयो । फरक प्रसङ्ग उपसभापति निधिले पार्टी भित्र अहिले बाहिर आए जस्तो कुनै पनि विवाद नरहेको बताउदै अब संगठन सबै विस्तारमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । उपसभापति निधि सर्लाहीका पुर्व संसद हरेशप्रसाद महतोको पिता सुरेन्द्र महोतो निधनमा समवेदना दिन सर्लाही आउनुभयो हो।