बजार नपाउँदा गाउँमै रह्यो कात्तिके मह

0
Shares

वासुदेव शर्मा, जाजरकोट
जाजरकोटको प्रख्यात मानिएको सरुखोलामो माछा र बारेकोटमा उत्पादन हुने वारेकोटी गाभा जस्तै चर्चित भएको जाजरकोटको कातिके महले बजार नपाउदा गाउमै रहेको छ । कार्तिके महको प्रख्यात मानिने नलगाड नगरपालिका १ पाली कल्पत र मैदे गाउँमा गत वर्ष व्यपारीहरु पुगेर व्यापार गर्दै आएका थिए । यस वर्ष गाउँकै युवाहरुले आफनो महको व्यापार गर्ने सोचमा लागेका हुन तर वजार नपाउदाँ मह गाउमै थन्किएको हो ।

आफै गाउँमा उत्पादन गरेको मह काठमाण्डौ, नेपालगंज, सुर्खेत, पोखरा लगाएतका शहरमा पुरयाएर विक्रि वितरण गर्ने उद्धेश्यले आफनो घर, छिमेकीको घरको मह खरिद गरेको तर अहिले सम्म वजार नपाउदाँ गाउँमै रहेको नलगाड नगरपालिका वडा नंं.१ का होम वहादुर शाहीले वताउनु भयो ।
मह व्यापार गर्ने सोच वनाएका होम बहादुर शाहीले गाउँमै उत्पादन गरेको मह मंसिर महिनामै १५ सय रुपैया का दरले ८ सय धार्नी मह आफैसग भएको तर व्यवस्थित वजार नभएकोले मह विक्रि नभएको शाहीले वताउनु भयो । महको माग गत वर्षको तुलनामा निकै कम देखिएको छ । व्यवस्थित वजारको खोजि गरी गाउँलाई चिनाउने उद्धेश्यले लागेको तर विक्रि नहुदाँ चिन्तित भएको वताउनु भयो ।

आफुले एक धार्नीको १५ सय रुपैयामा खरिद गरेको मह काठमाण्डौ लगाएतका ठाउँमा लिएर त्यहि मुल्यमा विक्रि गर्न नसक्ने भएकोले गाउँमै राख्न वाध्य भएको शाहीले भन्नु भयो । नलगाड नगरपालिका १ का वडा अध्यक्षले हिरालाल पुनले गत वर्षको तुलनामा यस वर्ष चार गुण वढी उत्पादन भएको वजार नपाउदाँ यस्तो समस्या आएको वताउनु भयो । स्थानिय स्तरमा उत्पादन भएको मह बजार ब्यवस्थित गर्न गाउँका युवाहरुले व्यापार शुरु गरेको तर वजार नपाउदाँ स्थानिय व्यापारीहरुले आफनो लगानी उठाउन नसकेको वताउनु भयो ।

नहकुली अर्गानिक हर्वल एग्रो प्रालि नलगाड नगरपालिका १ ले यसवर्ष पाली, कल्पतका गाउँमा उत्पादन भएको कार्तिके मह नमुनाका रुपमा अस्टेलिया, अमेरिका,दुवै र कोरियामा पठाएको छ ।

अस्टेलिया, अमेरिका,दुवै र कोरियामा करिव २ हजार किलो मह पठाएको नहकुली अर्गानिक हर्वल एग्रो प्रालि नलगाड नगरपालिका वडा नं.१ का हरि वहादुर बुढाले वताउनु भयो । नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले किसानहरुलाई विक्रि भएन भनेर चिन्तित नभै राम्रो उत्पादन गर्न र व्यापारीहरुलाई माग अनुसार विक्रि वितरण हुने भएको ले नआतिन आग्रह गर्नु भयो ।