ललिता निवास जग्गा प्रकरण: उनीहरुकै सन्तानलाई फिर्ता देऊ- देउवा

0
Shares

भद्रपुर, (नेस)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवास सरकारी जग्गा उनिहरुकै सन्तानलाइ फिर्ता हुनुपर्ने बताउनुभएको छ । झापाको क्षेत्र नम्बर ५ दमकमा काङ्ग्रेसको भवन उद्घाटन लगायत विभिन्न कार्यक्रमको लागि सोमबार चन्द्रगढी विमानस्थलमा आउनुभएका सभापति देउवाले पत्रकार भेटघाट कार्यक्रममा यस्तो जनाउनुभएको हो ।

सुवर्ण शम्शेरको श्रीमतीको नाम ललिता हो, यो अधिग्रहण गरेको जग्गा भएकोले जग्गा फिर्ता हुनु पर्दा उनिहरुकै सन्तानमा हुनुपर्ने उहँकोे भनाइ थियो । उनका सन्तान अहिले पनि तवेला जस्तैमा वसिरहेको उहाले जनाउनुभयो । जग्गाको विषयमा अलिक समय दिएर देउवाले बोल्नुभएको थियो ।

वर्तमान सरकारले देशलाइ अधिनायकबाद तर्फ लैजान धेरै शक्ति आफनो हातमा राखेको आरोप समेत देउवको थियो । प्रधानमन्त्री केपी ओलीले प्रेसमाथि प्रतिबन्ध, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व विभाग, सेना परिचालन जस्ता विभागलाई विस्तारै कब्जामा लिएर सवै एकलौटी बनाउन खोजेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्काका पर्यावाचि भएपनि प्रधानमन्त्रीले नबुझेकोप्रति आक्रोसित बन्नुभयो ।

सुरक्षा परिषदका क्वाविनेटका मान्छेलाइ त विश्वास नगरी सेना परिचालन आफै गर्ने भनेपछि आफना मान्छेलाइ विश्वास नगर्नेले देशलाइ कसरी विश्वास गर्छन् उहाको भनाइ थियो । कर वृद्धि गरेर पञ्चायत कालमा पनि नभएको कर वर्तमान सरकारले लगाएको उहाको भनाइ थियो । अलि आक्रमक ढङ्गमा प्रस्तुत हुनुभएका देउवाले पत्रकारले सोधेको प्रश्नमा खासै खुलेर बताउन चाहनुभएन । काँङ्ग्रेस प्रतिपक्षमा कमजोर देखियो नि भन्ने प्रश्नमा काँङ्ग्रेसले गरेन भन्ने अनि अहिले काँङ्ग्रेस चाहियो ? भोट अरुलाई हालेर जिताउने अहिले कमजोरको कुरा गर्ने उहाँको प्रतिप्रश्न थियो ।