नेकपा संयुक्तमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)
नेकपा संयुक्तले चन्द्रदेव जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पार्टीद्वारा सोमबार जारी विज्ञप्तिअनुसार चैत २५ देखि २७ गतेसम्म जनकपुरमा सम्पन्न पार्टीको विशेष राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।

केदारचन्द्र शर्मालाई महासचिवमा निर्वाचित गरेको सम्मेलनले पार्टी विधानमा आवश्यक संशोधन गर्नुका साथै विभिन्न विषय समेटिएको राजनीतिक प्रस्ताव स्वीकृत गरेको छ । ०४८ साल चैतमा जनकपुरमा भएको राष्ट्रिय सम्मेलनले नेकपा (प्रजातन्त्रवादी मानन्धर समूह), नेकपा (अमात्य समूह) एवं नेकपा (वर्मा समूह) बीच एकीकरण गरी नेकपा (संयुक्त) गठन गरेर कम्युनिस्ट एकतामाथि जोड़ दिंदै वाम एकतालाई एकीकरणको रुपमा नभई सहकार्य वा मोर्चागत एकताको चरणवाट एकीकरणको लागि आधार बनाउने दिशामा अगाडि बढाउन जोड Þदिएको महासचिव केदारचन्द्र शर्माद्वारा हस्ताक्षरित पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टी सधैं बाम एकता तथा बाममोर्चाको पक्षमा काम गर्दै आएको र विभिन्न समयमा अस्तित्वमा आएका आठपार्टी, नौपार्टी, पाँच पार्टी आदि जस्ता गठबन्धन र सहकार्यहरुमा पूर्ण जोस जाँगर तथा निष्ठासाथ सामेल हुँदै आएको नेकपा संयुक्तको ठहर छ । अहिले वर्तमान संविधानले किटान गरेको समाजवादतर्फ मुलुक अगाडि बढ्न नदिने पक्षप्रति कठोर व्यवहार गर्नुपर्नेमा त्यसो नगरेको भन्दै विज्ञप्तिमा समाजमा देखापरेका विकृति र विसंगतिको निराकरणमा सरकार लाग्नुपर्नेमा जोड दिइएको छ ।