कालिगढद्वारा उचित पारिश्रमिकको माग


काठमाडौँ, हस्तकला कालिगढले उचित पारिश्रमिक पाउनुपर्ने माग गरेका छन् । नेपाल हस्तकला कालिगढ सङ्घद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कालिगढहरुले पहिचानसँगै उचित पारिश्रमिकको माग गरेका हुन् ।

कालिगढले उत्पादनले बजार पाउनुपर्ने तथा स्थानीय कच्चा पदार्थमा रहँदै आएको नीतिगत झन्झटको अन्त्य गर्नुका साथै क्षमता अविवृद्धीमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हस्तकलाको संरक्षण र प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

स्घंका अध्यक्ष हरिसिन्चुरी विकले नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले कालिगढलाई आवश्यकता अनुसारको आधुनिक औजार, नवीनतम सीप र तालीमबाट भरीपूर्ण पार्दै राष्ट्रिय कालिगढ पहिचान पत्र, जीवन वीमा, सञ्चय कोषलगायत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । पस्मिना उद्योग सङ्घका अध्यक्ष दुर्गाबहादुर थापाले हस्तकला क्षेत्रको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तकलाको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।