आगलागीमा परी १ जनाको मृत्यु, लाखौंको सामान खरानीमा परिणत


काठमाडौं,

धादिङमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने सुर्खेतमा भएको आगलागीबाट करिब ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ आपँटार बस्ने जितबहादुर चेपाङको ३ वर्षीया छोरी मञ्जु चेपाङ आगालागीमा परी जलेर मृत्यु भएको हो । घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको टिनले छाएको बाख्राको खोरमा खेल्ने क्रममा परालमा शनिबार बिहान आगलागी हुँदा उक्त आगोले जलेर बालिकाको मृत्यु भएको हो ।

सुर्खेत, चिङगाड गाउँपालिका-६ ताम्का बस्ने टेकबहादुर वलीको कच्ची घरमा शनिबार दिउसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।