भन्सार छलि ल्याएको विभिन्न कपडा बरामद  


कपिलवस्तु,

शिबराज नगरपालिका-५ समिति चोकस्थित भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ लाख २५ हजार ८ सय रुपैयाँ मूल्य बराबरको कपडा शनिबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ कपडा ल्याउने अपरिचित व्यक्तिहरुले उक्त कपडाहरु छाडी फरार भएपश्चात प्रहरीले उक्त कपडा बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।