छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ  


मोरङ,

छिमेकीलाई कुटपिट गरेको अभियोगमा कटहरी गाउँपालिका-१ बस्ने ४० वर्षीय मनोज भुजेल र ४० वर्षीय प्रकाश भुजेललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिकास्थित सिंघिया पुल नजिक सामान्य विवादको कारण उनीहरुले सोही स्थान बस्ने ६० वर्षीय भुपाल कार्की र ३० वर्षीय रामबहादुर तामाङलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।