अवैध लागूऔषध गाँजा सहित पक्राउ


मोरङ,

जहदा गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित धुनिमोड चोकमा उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।