समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रशिक्षण सम्पन्न


पर्वत,

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका-१४ आर्थरस्थित पञ्चकोशी माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

 कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागि नागरिक समाजको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरीसँग सहकार्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आधारभूत सुरक्षा, समुदाय-प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साईबर सुरक्षा तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भिम वहादुर गुरुङ, संचारकर्मीहरु तथा स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।