बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा रुद्रप्रसाद घिमिरे नामका एक व्यक्तीले उनलाई कालोझण्डा देखाएका हुन् । उनलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको नौ फिट उचाइको सालिक र त्यसै छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नुहुनेछ ।