प्रधानमन्त्री ओली बुटवल र कावासोती जाँदै, शाश्वतधाम अवलोकन गर्ने कार्यक्रम


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानुहुने भएको छ । उहाँ चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने बताइएको छ ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको नौ फिट उचाइको सालिक र त्यसै छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने बताइएको छ ।