शिक्षाको बेरुजु ३५ करोड

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

शिक्षा समन्वय इकाई कार्यालय धुलिखेलमा आर्थिक वर्ष २०७४÷७५ सम्म ३५ करोड ७५ लाख ३० हजार रुपियाँ पुगेको छ। आर्थिक वर्ष २०७३÷७४ मा मात्रै २७ करोड १४ लाख रुपियाँ बेरुजु भएको छ।

अघिल्लो वर्ष २०७२÷७३ मा १० करोड १९ लाख ३० हजार बेरुजु देखिएको थियो। सोही वर्ष १ करोड ५८ लाख बेरुजु फछ्र्याैट भएको थियो। उक्त अवधीमा ८ करोड ६१ लाख ३० हजार रकम फछ्र्याैट हुन बाँकी थियो।

गत आर्थिक वर्ष २०७३÷७४ मा थपिएको २७ करोड १४ लाख रुपियाँ विद्यालय भवन निर्माण लगायतका शिर्षकको रहेको बताइएको छ। बेरुजु अंक बढिरहँदा फर्छाैट अंक न्यून देखिएको छ। ९५.०२ साक्षर भईसकेको जिल्ला साक्षर घोषणा हुन सकेको छैन। केही स्थानीय तहहरूले साक्षर नगर र गाउँपालिका घोषणा गरिसकेका छन्।

सरोकारवालाहरूको बैठकले तत्काल जिल्लालाई साक्षर घोषणा गर्न सुझाव दिएका छन्। शिक्षा समन्वय ईकाई तथा साविकको शिक्षा कार्यालयले गरेका गतिविधिहरू विरुद्ध विभिन्न निकायमा परेका उजुरीको किनारा नलाग्दा निर्णयमा कठिनाई भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र राष्ट्रिय सतर्कता केन्द्रमा परेका उजुरीहरूको चाङ मध्ये केहि किनारा लागिसकेका छन्।

कार्यालयका गतिविधि सम्वन्धमा अख्तियारमा ३१ वटा उजुरी दर्ता भएका थिए। अदालतमा १३ वटा उजुरी दर्ता भएका छन् भने सतर्कता केन्द्रमा एउटा उजुरी दर्ता भएको थियो। दर्ता भएका उजुरी मध्ये आर्थिक हिनामिना सम्वन्धी २२ वटा उजुरी रहेका छन्। भौतिक निर्माणसँग सम्वन्धी ७ वटा र शैक्षिक योग्यतासम्बन्धी २ वटा उजुरी दर्ता भएका थिए।

शिक्षक बढुवा सम्बन्धी ४ वटा उजुरी अदालतमा दर्ता भएका थिए। नोकरी अवधि गणनासम्बन्धी एउटा उजुरी अदालतमा दर्ता भयो। अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धा सम्बन्धी ८ वटा उजुरी अदालतमा दर्ता भएको थियो।

अख्तियारमा परेकामध्ये सबैभन्दा धेरै आर्थिक हिनामिना सम्बन्धी थिए। २२ वटा उजुरीमा ९ वटाको कारबाही टुंगिएको छ भने १३ वटाको कारबाही चलिरहेको छ।

Skip This