बेसहारा परिवारलाई घुम्टेको सहारा


सिर्जना पन्त, बागलुङ ।
वृद्धाभत्ताको भरमा जीवन गुजारा गरिरहेका बागलुङको गल्कोटका वृद्ध दम्पत्तीलाई घुम्टे युवा परिवारले खाद्यन्न सहयोग गरेको छ । गल्कोट नगरपालिका वडा नम्बर ९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजाली र उहा“की धर्मपत्नी ८० वर्षीया सरस्वती रामजालीलाई घुम्टे युवा परिवारले १० हजार बराबरको २ बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती संगैं ओढने ओच्छाउने विस्तरा सहयोग गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताउनुभयो ।

एउटी छोरीमात्र भएका र छोरीको विवाह भएपछि बेसाहारा जस्तै बनेका रामजाली दम्पत्तीलाई राहात होस भनेर सहयोग गरेको अध्यक्ष थापाले बताउनुभएको छ । दैनिक छाक टार्न समेत मुस्किलमा परेका उनिहरु राहात पाएछी खुसी भएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष टिका बहादुर थापा र वडा नम्बर ९ का वडा सदस्य धर्मदत्त सापकोटाले उनिहरुलाई राहात हस्तान्तरण गर्दै वेसाहाराको साहारा बनेको घुम्टे युवा परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उनीहरुलाई बिहान बेलुका छाक टार्न दैनिक उपभोग्य सामाग्री र न्यानो विस्ताराको अभाव भएको भन्दै संस्थाले खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले बताउनुभयो । वि.सं २०४१ सालमा स्थापना भएको संस्थाले स्थानिय स्तरमा समय समयमा तालिम, गोष्ठी, युवा जागरण कार्यक्रम, टोल सरसफाई, जनचेतनामुलक कार्यक्रम, विकृती विसंगती न्यूनिकरण अभियान स“गै खेलकुद कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वदनमा टेवा पुराउदै आएको कोषाध्यक्ष सन्त भण्डारीले बताउनुभयो । सामाग्री सहयोग कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, जनप्रतिनिधि, स्थानिय समाजसेवी, स्थानियबासी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।