सुरक्षामा अब्बल बन्दै सशस्त्र प्रहरी


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको वीरगन्ज भन्सार क्षेत्रमा खटाइएको सशस्त्र प्रहरीले राजश्व चुहावट नियन्त्रणका लागि अब्बल भूमिका निर्वाह गरेको पाइएको छ ।
राजश्व चुहावट तथा नियन्त्रणका लागि भन्दै स्थापना गरिएको भन्सार राजश्व गस्ती टोलीले राजश्व असुलीलाई प्रभावकारी बनाउन सहयोग गरिरहेको वीरगन्ज भन्सार कार्यालयका कर्मचारीहरुले नै बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म (राजश्व तथा भन्सार सुरक्षा)को टोलीले वीरगन्ज भन्सार कार्यालयलाई एक महिनाको अवधिमा २० लाख भन्दा बढी राजश्व छली गरिएका सामानहरु बरामद गरी राजश्व तिर्न लगाएको छ ।

वीरगन्ज भन्सार नाकाबाट हुने चौपाया चोरी निकासीबाट समेत पहिलो पटक राजश्व तिराउन आफू सफल भएको गुल्म प्रमुख तिलक खड्काले दाबत्री गर्नुभएको छ । गएको महिना पर्साको भिष्वा नाकाबाट तस्करी गर्न लागिएको अवस्थामा बरामद गरिएको गोरुबाट नेपालमा नै पहिलो पटक पाँचलाख राजश्व भन्सारलाई तिराउन आफू सफल भएको उहाँले जानकारी दिनुभयो ।

खासगरी रक्सौलबाट भन्सार छली नेपाल ल्याउँदै गरेको एक लाख ३१ हजार मूल्य बराबरको एलईडी टिभी, लत्ता कपडा, भाडा वर्तनहरु, पर्साको सखुवाप्रसौनी गाउँपालिका ६ स्थित लखनपुर इलाकामा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अन्दाजी १ लाख मूल्य बराबरको ५ वटा भैंसी र छिपहरमाई गाउँपालिका वडा नं ४ स्थित तुल्सीवर्वाबाट बरामद गरिएको अन्दाजी ३ लाख मूल्य बराबरको ६ वटा गोरु भन्सार पठाइएको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्मले जनाएको छ ।

गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले गाडी मोबाइल टोलीले भारत रक्सौलबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको पशु चौपाया, लत्ता कपडालगायतका सामान बरामद गरेको जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको ५ लाख ३१ हजार ८० रुपैयाँ मूल्य बराबरको पशु चौपाया, लत्ता कपडा, भाँडा वर्तनहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा बुझाइएको उनको भनाइ छ ।

अवैध रुपमा माल समान र पशुचौपया भित्र्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै भागेको दावी सशस्त्र प्रहरीको छ ।सशस्त्र प्रहरीको टोलीले नयाँ वर्षको पहिलो दिन पनि वीरगन्ज १६ इनर्वाबाट अवैध रुपमा भित्र्याउँदै गरेको ३ लाख ९० हजार मूल्य बराबरको कपडा बरामद गरेको थियो । चैत महिनामा मात्रै आफूहरुको पहलबाट भन्सार कार्यालयले २० लाख भन्दा बढी छुट्टै राजश्व असुल गर्न सफल भएको पनि गुल्मपति खड्काले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको ठाडो आदेशमा पनि वीरगन्ज भन्सार नाकालाई कडाइ गरिएको सशस्त्र प्रहरी श्रोतको तर्क छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले केही महिना अघि मात्रै उत्कृष्ट कार्य गरेको भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक खड्कालाई नगद सहित सम्मान गर्नु भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार भन्सार राजश्व गस्तिटोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडका आएको ७ महिनामा ४ करोड ६० लाख रुपैया भन्दा बढीको अबैध भन्सार छलेर नेपाल भित्रयाउदै गरेको लत्ता कपडा, कष्मेटिक सामान, स्टिलका भाडाकुडा, मरिच, केराउ, चादीका गरगहनाहरु, चोरीका मोटर साईकलहरु चोरीको तथा भन्सार नतिरेका भारतीय गाडीहरु लगायतका सामानहरु बरामदबाट राजश्व संकलन भएको हो ।