करेन्ट लागेर दुई जनाको मृत्यु


काठमाडौं ।
काठमाडौं, तारकेश्वर नगरपालिका(१ साङलाछापमा बिद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका(११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको आफनै घरको बिद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।