यात्रुबाहक बसको ठक्कले एकको मृत्यु


धादिङ ।
धादिङवेंशीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा एक जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बा ४ ख ८६६७ न।ं को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
रासस