जनप्रतिधिले दिए आफ्नो पारिश्रमिकबाट अपाङ्गलाई ह्वीलचियर


धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको सिस्ने गाँउपालिकाका एक जना जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट अपाङ्गलाई ह्वीलचियरको व्यवस्था गर्नुभएको छ । वडा नं २ का वडा अध्यक्ष जीवन के.सीले आफ्नो एक महिनाको पारिश्रमिकबाट सो व्यवस्था गरेको बताउनुभयो । वडा अध्यक्ष के.सीले एक महिनाको पारिश्रमिक १६ हजारले अति अशक्त अपाङ्ग प्रेमबहादुर खड्कालाई ह्वीलचियर व्यवस्था गरिदिनुभएको हो ।

अपाङ्ग खड्काले आफुलाई वडा अध्यक्ष घरमै आएर ह्वीलचियर दिएको बताउनुभयो । खडकाले खुसी हुँदै भन्नुभयो “मैले सोचेकै थिएन । वडाअध्यक्ष घरमै आएर यस्तो व्यवस्था गर्नुभयो । मेरो लागी सबै भन्दा खुसी यहि हो ।” वडा अध्यक्ष के.सीले आर्थिक अवस्था कमजोर भएका खड्कालाई नयाँ ह्वीचियर किनेर घरमै पुर्याइदिएको बताउनुभयो ।

केसीले भन्नुभयो “उहाँको पुरानो ह्वीलचियर जिर्ण भएको र नयाँ किन्न सक्ने आर्थिक अवस्था नभएकोले मेरै तलवबाट नयाँ किनेर दिएको हुँ ।” अध्यक्ष के.सीको सो काम प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । आफुले मतदान गरेर बिजयी बनाएको जनप्रतिनिधिले दुखीको सेवा गरेको भन्दै स्थानीयले के.सी प्रति आभार प्रकट गरे ।