लिबियाको राजधानीमा हिंसाका कारण २०५ को मृत्यु

0
Shares

एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा हिंसाका कारण २ सय ०५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO)को ट्वीट अनुसार, लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको जनाएको छ ।

लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ । उक्त हिंसामा २ सय ०५ जनाको मृत्यु भएको र हालसम्म करिब एक हजार मानिस घाइते भएका छन् ।

यसैबीच भारतले लिबियामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा भारत फर्काउने पहल सुरु गरेको छ । एक हेल्पलाइन नम्बर जारी गर्दै भारतले नागरिकलाई भारत फर्काउने कोशिस गरेको हो ।