सबै वडामा सडक सञ्जाल

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै वडामा सडक सञ्जाल जोडिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं १ रिमको वडा कार्यालयसम्म सडक निर्माणको काम भईहरहेकोले केही दिनभित्र सडक पुग्ने भएको छ ।

वडा नं १ को कार्यालय बाहेकका अन्य वडा कार्यालयहरुमा सडक बिस्तार भइसकेको छ । खोचलेक–सित्तड–रिम–डिलाशैनी सडक गाउँपालिका १ को चमलेकसम्म निर्माण भएको र केही दिनभित्रै वडा नं १ को कार्यालय घोडेधार पुग्ने दोगडाकेदार गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको ३३ लाख ६० हजार र संघिय सांसदको ५० लाख बजेटमा उक्त सडक निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक टोलमा सडक सञ्जाल पुर्याउने उद्देश्यले सडक सञ्जाल बिस्तारको काम भइरहेको दोगडाकेदार गाँउपालिकाका अध्यक्ष चक्र कार्काीले बताउनुभयो । वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने काम संगसंगै टोलटोलमा सडकसञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उहाँले बताउनुभयो ।
बैतडीका स्थानीय तहहरुले बालविवाह न्युनीकरण र महिंसा हिंसा अन्त्यका लागी अग्रसर भएका छन् । बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागी स्थानीय तह अग्रसर भएका हुन् ।

गाउँ,वडा र पालिकास्तरिय बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यको लागी बैतडीका स्थानीय तहहरुले पहल थालेका हुन् । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुख आईसकेपछी महिलामाथी हुने हिंसाका घटना न्युनीकरणका लागी लागिपरेका छन् । यसका साथै स्थानीय तहमा न्यायीक समितिको नेतृत्व पनि उपाध्यक्ष तथा उपप्रमुखले सम्हालेका पनि पछिल्लो समय महिलाहरुले न्याय पाउन थालेका छन् ।
यसैबिच बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि बालविवाह न्युनीकरणको लागी अभियानकै रुपमा अगाडी बढाईरहेकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । माघ २ गतेदेखि गाउँपालिकाका विभिन्न गाउँटोलमा बालक्लवहरु गठन गरिएको उहाँले बताउनुभयो ।

यसका साथै केही दिनपछी प्रत्येक वडामा महिला निगरानी समूह गठन गरिएको जनाएको छ । एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानको लागी एकल तथा विपन्न महिला समूह गठन गरिएको छ ।