कुश्मा खरेहा–ज्ञादी झोलुङ्गे पुल सञ्चालनमा

0
Shares

नेपाल समाचारपत्र, पर्वत
मुलुकका अग्ला पुल मध्येको एक पर्वतको कुश्मा नगरपालिका–७ खरेहा–अधिकारी फाँट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएको पुलमा सर्वसाधारणहरु हिँडडुल गर्न शुरु गरेका छन् । सदरमुकाम कुश्मालाई जिल्लाको ज्ञादी क्षेत्रसँग जोड्न मोदीखोलामा निर्माण गरिएको उक्त पुल १ सय २८ मिटर अग्लो र ३ सय ५९ मिटर लामो छ ।

मोदी र कालीगण्डकीमा निर्माण भएका अन्य पुल भन्दा यो पुल केही होचो छ । कुल १ करोड ९१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुल सम्पन्न भएपनि हिँड्नका लागि निर्माण समितिले लामो समयपछि खुल्ला गरेको हो । तर पुलको फिनिसिङ भने सबै सकिएको निर्माण समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो ।

यो पुल प्रयोग गर्न थालेपछि खरेहाबाट ज्ञादी र बितलबका बासिन्दालाई सुबिधा पुग्ने छ । उनीहरुको पैदल दुरी एक घण्टाबाट घटेर १० मिनेटमा छोटिने छ भने उत्पादित कृषि उपजहरु कुस्माबजार सम्म पु¥याउन सहज हुने भएको छ ।