मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ


धनुषा ।
धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका(११ का असलम राईन, सोही उपमहानगरपालिका(४ का दिप कुमार महतो, सोही उपमहानगरपालिका(७ का संजिव कुमार साह, सोही उपमहानगरपालिका १ का अरविन्द कुमार साह र हसिबुल नदाफ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको ज९प ४६१८, ज१प ८२९५, ना३५प ५९२०, बा७८प ११८४, ज१३प १५१७ र ज११प ६०८९ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।

बिगत केही समयदेखि धनुषाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो तथा उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा परिचालित प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सहित फेला पारी पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुलाई चोरी शीर्षक मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।