अवैध लागूऔषधसहित तीन जना पक्राउ


सर्लाही ।
लालबन्दी नगरपालिका(५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।