विप्लव नेतृत्वको बन्दले सिरहा प्रभावित


सुभेन्द्र दास, लहान ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव आज सिरहा मा पनि परेको छ । पुर्वपस्चिम राजमार्गमा विहानै देखि लामो दुरीका सवारी साधन चल्न सकेका छैन । सानो दुरीका सवारी सधान भने निर्धक्कका साथ चलिरहेको छ ।

लामो दुरीका सवारी साधन चल्न नसक्दा राजमार्गमा कैयौं यात्रु समस्यामा परेका छन् । लहानको राजमार्ग क्षेत्र सुनसान बनेको छ। यहाँ बाट कुनै पनि लामो दुरीका सवारी साधन चलेका छैन । सवारी साधन नचल्दा बन्दको प्रभाव अन्य क्षेत्रमा पनि परेको देखिन्छ।

सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने सहितका माग राख्दै नेकपाले बन्दको आह्वान गरेको छ । भोली वैशाख ६ गतेबाट प्रधानमन्त्री केपी ओली लक्षित विरोधको कार्यक्रम गर्ने विप्लवले विज्ञप्ती मार्फत जनाएको छ ।