सवारी दुर्घटनामा आठ जनाको मृत्यु


काठमाडौं ।
भक्तपुर, सर्लाही, पाल्पा, चितवन, कैलाली, र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका(९ नलिनचोकस्थित बा।३ ख १७८४ नम्बरको बस र ना।४ ख ४८१५ नम्बरको टिपर एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक सिन्धुपाल्चोक बतासेका ३२ वर्षीय रमेश भण्डारीको मध्यपुर अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर भएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुबै सवारी साधनका चालक समेत ३ जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका(९ भित्री सडकमा ज।१ त ८६४८ नम्बरको ट्याक्टरबाट बुधबार दिउसो लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही स्थान बस्ने १८ वर्षीय सिकिन्द्र रायलाई उपचारको लागि बयलबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पा, रम्भा गाउँपालिका(५ देउरालीस्थित सडकमा लु।१ ज १७८६ नम्बरको जिप अनियन्त्रित भई बुधबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका(२ बस्ने २८ वर्षीय लालबहादुर सिंजालीको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने ३२ वर्षीय देवबहादुर सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका(४ लेवटार भन्ने स्थानमा ग।७ प ९३९८ नम्बरको मोटरसाइकल बा।२ ख २२४८ नम्बरको र बा।२ ख १९९२ नम्बरको माईक्रोबसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका(८ का ४० वर्षीय शम्भु खड्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै माईक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका(११ स्थित गणेशथान चोकमा बा।४ ख ७६ नम्बरको ट्रकले बा।४६ प ७८३० नम्बरको मोटरसाइकल र साइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका(९ शक्तिखोर बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका साईकल चालक भरतपुर महानगरपालिका(११ बस्ने ७२ वर्षीय श्यामकुमार श्रेष्ठको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका(९ कुञ्जलापुर पुरानोसडकस्थित सडकमा बुधबार राति लु।२ ख १०२२ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका शंकरपुर बस्ने ४० वर्षीय रामबहादुर बिकको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(८ स्थित सडकमा बुधबार राति यूपी।५५ भी ४८१ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही स्थान बस्ने ५५ वर्षीय मायाराम अहिर यादबको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भारत शिवकोट सिद्धर्थनगर बस्ने ४० वर्षीय नेवास कलोदियाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।