सल्यानमा एक व्यक्तिको हत्या


सल्यान ।
सल्यानमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ खोलिगाउँ निवासि फौज बहादुर भण्डारीको बुधबार राती हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कपुरकोट ५ रीम स्थित तिनडाँडा भन्ने स्थानमा अन्दाजी ४३ वर्षिय फौज बहादुर टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

गएराती ११ बजतिर स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घटना गएराति ९ बजेतिर भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
धारिलो हतियारले टाउकोमा प्रहार गरि फौज बहादुरको हत्या गरिएको छ । फौज बहादुर प्राय भारतमा बस्ने गर्दथे । आफन्तीहरु दाङ बस्ने भएकाले घटनास्थल सम्म आाफन्ती आउन ढिला भएको थियो ।
मृतकको शब पोष्टमार्टमका लागी अहिले जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

घटना संकास्पद रहेकाले, घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।