पत्रकार पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना

0
Shares

सरिता चलाउने, सल्यान ।
पत्रकार अर्जुन गिरीलाई पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । समाचार लेखेकै आधारमा पत्रकारहरुलाई पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले आज जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएको हो ।

त्यहि कार्यक्राम अन्तरगत सल्यानको जिल्ला प्रशासन कार्यालयमा पनि पत्रकारले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सल्यानको अगुवाइमा पत्रकारहरुले बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।

समाचार लेखेकै आधारमा पत्रकार गर्नु प्रेस स्वतन्त्रता विरोधी भएको तथा विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएको छ । साइबर क्राइमको नाममा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको वाक स्वतन्त्रतालाई कुन्ठित पार्ने कार्य राज्य पक्षबाट भईरहेकाले तत्काल त्यस्ता कार्य बन्द गर्न पत्रकारहरुले माग गरेका छन् ।
वैशाख २ गते ठगीको समाचार लेखेको अभियोगमा पोखराका अर्जुन गिरी पक्राउ परेका थिए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य नविन पौडेलले सरकार पत्रकारका विरुद्व लागेको भन्दै पत्रकारमाथी हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ् । उहाँले सल्यानमा पनि समाचार लेखेकै आधारमा प्रहरी प्रशासनले पत्रकारमाथि केरकाप र मानसिक तनाव दिई सोधपुछ गर्ने गरेकाले त्यसो नगर्न आग्रह गर्नभएको हो । सल्यान शाखाका सल्लाहाकार सनत कुमार शर्माले अभिव्यक्ती स्वतन्त्रतालाई कुण्ठीत हुन नदिने बताउनु भएको छ ् । पछिल्लो समय सरकारको रवैया गलत भएको भन्दै उनले राज्यलाई घुडा टिकाएरै छाड्ने बताउनु भएको छ ।

कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका पत्रकार महासंघका केन्द्रीय पार्सद डिल्लीराज रावतले सरकारले नागरिकको मुख बन्देज गर्न खाजेको आरोप लगाउनु भएको छ । उनले पत्रकारिता साइबर क्राइम नभएको भन्दै त्यसमा मुद्दा लगाएर पत्रकार पक्राउ नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताको लागी सबै लड्ने बताउनु भएको छ ।

सरकारले पछिल्लो समय निरंकुश राजतन्त्र जस्तै गरेर पत्रकारलाई समाचार लखेकै कारण धरकपड गर्ने काम गरिरहेको छ । आस्था विचार भएकै कारण पनि पत्रकारहरुलाई राज्यले गिरफ्तार गरिरहेको छ । समाचार लेखेकै कारण हालैमात्र पत्रकार राजु बस्नेत, गोपाल चन्द, गणेश विक, कर्ण विश्वकर्म, जितेन्द्र महर्जन र अर्जुन गिरी पक्राउ परेका छन् । महर्जन र गिरी अझै हिरासतमा रहेका छन् भने अन्य तारिकमा रिहा भएका छन् ।