रिफ्रेसमेन्टका लागि प्रचण्ड सुकुटेमा

0
Shares

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा पनि बिप्लब समुहको नेपाल बन्दको प्रभाव परिरहेका बेला नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुकुटे आईपुग्नुभएको छ । विप्लवको बन्दका कारण सर्वसाधारणहरु एकठाउँबाट अर्को ठाउँसम्म पुग्नै नसकिरहेका बेला परिवार सहित उहाँ सुकुटे आईपुग्नुभएको हो ।

दाहालका साथमा नेता अग्नि प्रसाद सापकोटा पनि हुनुहुन्छ । रिफ्रेसमेण्ट्का लागि विशुद्ध पारिवारिक भ्रमणमा आउनुभएको नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले जानकारी दिनुभयो ।