गिरीको रिहाइको माग गर्दे धर्नामा गएका पत्रकारमाथि रोक

0
Shares

हुम्ला ।
पोखराका पत्रकार अर्जुन गिरि लाई समाचार लेखैकै आधारमा पक्राउ गरि मुद्धा चलाईएको भन्दै जिल्ला प्रशाशन कार्यालय हुम्लामा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अगुवाईमा भएको धर्ना कार्यक्रममा जिल्लाका अधिकांश पत्रकारहरु लाई धर्नामा सहभागि हुन बाट जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

पत्रकारहरुले जिल्ला प्रशाशन कार्यालयको मुल गेटमानै धर्ना दिने क्रममा ५ जान पत्रकार बाहेक अरुलाई जाने निर्दैशन नआएकोले हामीले रोकेको सुरक्षामा खटिएका एकजना प्रहरी जवनाले बताए । नेपाल टेलिभजिन हुम्ला संवददाता नरजङ तामाङ, राष्ट्रिय समाचार समिति हुम्लाका दाने बोहरा, इन्सेक प्रतिनिधी नन्द सिहं ,राजधानी दैनिक हुम्लाका मिमसिहं नेपाली, प्रर्यटन पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा उज्यालो अन लाईन हुम्लाका रमेश ऐडी र कचहरी दैनिकका सम्पादक कर्ण रोकाया लाई रोक लगाएको छ ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको नेतृत्वमा पत्रकारिता साइबर अपराध होइन प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर भन्दै मुल नाराका साथ जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाललाई ध्यान आर्कषण पत्र पेश गरेका छन ।

ध्यान आर्कषण पत्र पेश गर्न गएका जिल्लाका क्रियाशिल पत्रकारलाई प्रशासन कार्यालयमा जान समेत रोक लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल पत्रकार महासंघ हुम्ला जिल्लाका अध्यक्ष अर्जुन बोहोराले ध्यान आर्कषण पत्र प्रस्तुत गरी सकेपछि प्रशासनको मुलगेटमा एक घण्टा धर्ना दिएका छन ।

शान्तिपूर्ण रुपमा ध्यान आर्कषण पत्र पेश गर्न गएका जिल्लाका क्रियाशिल पत्रकारहरुलाई पुलिस प्रशासनले अनाआश्व्यक रोक लगाएको जिल्ला अध्यक्ष अर्जुन बोहराले बताए ।

जिल्लामा क्रियाशिल धेरै पत्रकार नभएपछि १ दर्जन पत्रकार रहेपनि जिल्ला प्रशासन रोक लगाएको उनले बताए । काँही नभएको जात्रा हाडीगाउँ जिल्ला प्रशासनले गरेको अध्यक्ष बोहोराको आरोप छ ।

विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ अन्तरगत पत्रकार पटक पटक पक्राउ गर्ने बढेकोले हुम्ला जिल्लाका पत्रकारले खारेजीको माग गदै धर्ना दिएका छन ।