मलेसियाबाट नेपाल आएको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो

0
Shares

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज बिहिबार बिहान ठूलो दुर्घटना हुनबाट जोगीएको छ ।

मलेसियाको राजधानी क्लालामपुरबाट नेपाल आएर ल्याण्ड गरिरहेको अवस्थामा एक्कासी चरा ठोक्किन पुग्यो । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा पाङग्रामा चरा ठोक्किएको थियो ।पाङग्रामा ठोक्किएको चरा जहाजको इञ्जिन वा अन्य भागमा ठोक्किएको भए ठूलो दुर्घटना हुन सक्थ्यो।

तर अवतरण गरेर धावनमार्गमा गुडिरहेको समयमा चरा ठोक्किएको हुँदा विमान दुर्घटना जोगीन पुगेको निगमले जनाएको छ । दुर्घटना हुनबाट जोगीएको उक्त विमानको नाम सगरमाथा हो दुर्घटनाबाट जोगीएको सगरमाथा नामक विमान प्राविधिक हिसाबले ठिक भएको समेत बताइएको छ । सगरमाथा निगमले ०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस भएको समेत निगमले जनाएको छ ।