अस्पतालमा ब्लोड बैंक नहुँदा समस्या

0
Shares

सत्यराज सिहँ, बझाङ । बझाङ जिल्लामा १८ बर्षिया सुत्केरीको ज्यान नेपाली सेनाले रगत दिएर बचाएका छन्। । सुत्केरी भएकी तल्कोट गाँउपालिका वडा नम्बर ७ की १८ बर्षिया पुजा विष्टको ज्यान सग्राम सार्दुल गुल्म पानकोटका तिन जना नेपाली सेनाले रगत दिएर बचाएको जिल्ला अस्पताका डाक्टर सन्दीप ओखेडाले बताउनु भयो । धमेना घर भएकी विष्ट मंगलबार सुत्केरी भए पछि उहाँको साल अड्कीएको र धेरै रगत बगेर जिल्ला अस्पतालमा पुर्याए पछि बुधबार दिउसो उनलाई रगत दिएर बचाएको हो ।

रगत दिनेमा नेपाल आर्र्मीका ज्ञान बहादुर तामाङ, भुवनसिहँ घर्तिमगर र सागर जप्रेल रहेको सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकका सेनानी केदार प्रसाद लामिछानेले बताउनु भयो । सुत्केरी भएकी विष्टको अवस्था निकै गम्भिर रहेको जिल्ला अस्पतालका डाक्टर ओखेडाको भनाई छ । उमेर नपुग्दै विवाह गरि सन्तान पाएका कारण यस्तो अवस्था भएको डाक्टर ओखेडाले बताए ।

उनले भने समयमा नै स्वास्थ्य संस्थामा नपुर्याएको भए जे पनि हुन सक्थ्यो समयमा नै रगत पाईएका कारण सुत्केरी विष्टको ज्यान बाँचेको हो । सामान्यतया मानिसमा १२ देखी १८ ग्राम प्रतिशत रगतको आवस्यक हुन्छ तर विष्टको शरिरमा ५ ग्राम प्रतिशत मात्र रहेको र उनलाई तिन पोका रगत दिएर ज्यान बचाएको जिल्ला अस्पतालका ल्याब टेक्निसीयन विजय राजबंशिले बताए ।

बाल्यकालमा नै अभिभावकको मनजुरी विना बाल विवाह गर्ने प्रचलन बझाङमा बढ्दो मात्रामा रहेको छ । २० बर्ष उमेर नपुग्दै विवाह गर्दा धेरै जस्तो महिलाहरुको ज्यान नै जोखीममा पर्ने गरेको छ । विष्ट एउटा उदाहरण पात्र मात्रै भए पनि यस्ता समस्या बझाङ जिल्लामा धेरै रहेको जिल्ला अस्पतालकी ईन्डोर ईन्चार्ज लक्ष्मि शाहीले बताईन । जिल्ला अस्पतालको तथ्याङ्क हेर्दा २०७५ साउन महिना देखी चैत सम्ममा ६८ जना किशोरीले उमेर नपुग्दै बच्चा जन्माएको बताईन । जिल्ला अस्पतालमा ब्लोड बैङ नहुँदा समस्या समेत हुने गरेको छ ।