मन्त्रीद्वारा जलयात्राको सुरुवात

0
Shares

गुल्मी, (नेस)
नेपाल सरकार श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले बडिगाड नदिमा जलयात्रा गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको प्रबद्र्धनमा झक्कले एग्रो टुरिजम रिसोर्ट प्रालिको आयोजनामा व्यवसायिक रुपमा सुरु गरीएको हो ।

जलयात्राको उद्घाटन पछि मन्त्री बिष्टले बडिगाड नदिमा जलयात्रा गरेका हुन् । उद्घाटन पनि बोल्दै मन्त्री बिष्टले बडिगाड नदिलाइ भरपुर उपयोग गरी समृद्धि हासिल गर्न स्थानीय तहहरुलाइ आग्रह गरे । देशमा भएका बिभिन्न सम्भावनाहरुलाइ उपयोग गर्ने हो भने आर्थिक बिकास तथा समृद्धि सम्भव हुने बताए ।

ढोरपाटन घुम्न आउने पर्यटकहरुलाइ यस क्षेत्रमा जलयात्राको निम्ती ल्याउन सक्ने हो भने यो क्षेत्रमा पर्यटनको ठुलो सम्भावना रहेको मन्त्री बिष्टको भनाइ छ । मन्त्री बिष्टले आउने जेठ महिनाको मध्यवधि पछि प्रत्येक स्थानीय तहहरुमा धेरै युवाहरुले रोजगार पाउने बताए ।