गाउँपालिकाको स्वामित्वमा रेडियो पलाँता सञ्चालन

0
Shares

कालीवहादुर मल्ल, कालिकोट
जिल्लाको पलाँता गाउँपालिका एफ.एम रेडियो संचालन ल्याएको हो । गाउँपालिका भित्रका सूचना, समचार र विज्ञापनलाई प्राथमिकता दिन एफएम रेडियो संचालनमा ल्याएको हो ।

गाउँपालिकाले आफ्नै स्वामित्वमा एफ. एम. रेडियो संचालनमा ल्याएको एफ.एम. रेडियोको परीक्षण प्रसारण शुरु गरेको छ ।

गाउँ कार्यपालिकाले एफ.एम. रेडियो कार्यबिधि बनाएर रेडियो पलाता आवाज ९०.३ मेगाहर्जमा रेडियो संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । ‘हामीले गाउँ कार्यपालिकाले रेडियो संचालन गर्ने कार्यबिधि बनाएको थियो ।’ उनले भने,‘त्यही कार्यबिधि अनुसार नै पालिका सूचना तथा विज्ञापन बिभिन्न जानकारी दिनेछ ।’

गाउँपालिकाले आफ्नै लगानी रेडियोको संचालन गरिएको सबै स्वामित्व गाउँपालिकाको नै रहने अध्यक्ष बमले बताए । ‘सबै अधिकार स्वामित्व गाउँपालिकाको नै रहने छ ।’ उनले भने,‘रेडियो गर्ने काम कारवाहीको जिम्मेवारी सबै पालिकाले लिनेछ ।’

अन्य स्थानीय तहले पनि रेडियो कार्यबिधि बनाए
जिल्लाका ९ स्थानीय तहमध्ये जिल्लाका नरहरिनाथ, पचालझरना, शुभकालिका गाउँपालिका, रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकाले कार्यपालिका पहिलो बैठकले रेडियो संचालन गर्ने निर्णय गरेको भएपनि निर्णयलाई कार्यन्वयन गरेका छैनन् । जिल्लाका सान्नी त्रिवेणी गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले मात्र रेडियो संचालनमा ल्याएका छन् ।

सान्नी त्रिवेणी गाउँपालिका रेडियो संचालन गर्दै
सान्नी त्रिवेणी गाउँपालिकाले पनि गाउँ कार्यपालिकाको बैठकले रेडियो संचालन सम्बन्धि कार्यबिधि बनाएर रेडियो संचालनमा ल्याउन लागेको छ ।
रेडियोको लागि गाउँपालिकाले बजेट बिनियोजन गरेर भवन, रेडियो सामग्री लगाएतका सबै प्रक्रिया पुरा भएको र चाडै नै रेडियो संचालनमा ल्याउने सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष नरेश बमले बताए । ‘कर्मचारीका लगाएतका भौतिक सामग्री जडान तयारीमा छौं ।’ उनले भने,‘चाडै नै रेडियो संचालनमा आउँदै छ ।’