१ सय ३७ स्थानीय तहमा स्काउट अभियान सुरु

0
Shares

विराटनगर, (नेस)
प्रदेश १ सरकारको सहकार्यमा प्रदेश १ का १ सय ३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजहरुमा स्काउट अभियान सुरु भएको छ । नेपाल स्काउट प्रदेश नम्बर १ अन्तर्गत स्काउट आधारभूत तालिमको बुधबार विराटनगरमा उदघाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यस्तो जानकारी दिएका हुन ।

उनले स्काउटले बालवालिका र युवाहरुलाई मानसिक,सामाजिक र अनुसाशित वनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउने विश्वास व्यक्त गरे । आजको दिनबाट नै प्रदेश सरकारसँग नेपाल स्काउटको सहकार्य सुरु भएको पनि मुख्यमन्त्री राईले उदघोष गरे । उनले अवको केही दिन भित्रमा प्रदेशको स्थायी राजधानी र नामाकारण टुङगाउने र त्यसपछि योजनावद्ध विकासको थालनी सुरु गर्ने वताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई दुव्र्यवसनीबाट मुक्त वनाउन तथा परोपकार भवाना जगाउन स्काउटमा लाग्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसंगति रोक्न र युवाहरुलाई अनुशासित वनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकवहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने,प्याव्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी लगायतले स्काउटले समाजसेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा ३ सय २७ पुरुष र १ सय ९५ महिलाले तालिममा सहभागिता जनाएका छन् ।