रसुवा, (नेस)
स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिका हरुको सहजिकरणका लागी गोसाईकुण्ड गा.पा. ६ मा मंगलबार संकटासन्न केन्द्रविन्दु सञ्चालन गठन गरिएको छ ।
अपाङ्गता पुर्नस्थापना केन्द्र रसुवाको आयोजनामा (एचआई) को सहयोग मा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको सहजिकरणमा वैशाख २ र ३ गते सम्म विभिन्न क्षेत्रका व्यक्तित्व हरुको उपस्थितिमा अभिमुखिकरण कार्याशाला गोष्ठी सम्पन्न गरी आठ जनाको समुह बनाई सञ्चालन गठन गरिएको छ ।
सञ्चालनको संयोजक सरस्वति थापा सह–संयोजक बलराम घिमिरे रहेका छन् भने सदस्यहरुमा नोर्साङ तमाङ,पेमा तमाङ, सुनितामाया गरुङ, मिठु माया तमाङ, सुवास तमाङ, सदस्य सचिवमा लालुमाया घले रहेका छन् ।
यस्तै सल्लाहकारमा जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति नेपाली सेना, नेपाली प्रहरी, शसस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, व्यवस्थापन समिति अध्यक्ष जिल्ला अस्पताल गोसाईकुण्ड गाउँपालिका रहेका छन ।











प्रतिक्रिया