स्थानीय तहको स्वास्थ्य कार्यक्रममा जोड

0
Shares

बैतडी, (नेस)
पछिल्लो समय बैतडीका स्थानीय तहहरु निशुल्क शिवीर संञ्चालनमा जोड दिइरहेका छन् । विभीन्न निकायसंग समन्वय गरेर उनीहरुले गाउँपालीका र नगरपालिकाका विभीन्न स्थानहरुमा निशुल्क शिविर संञ्चालन गरीरहेका छन् ।
नागरीकहरुलाई गाउँघरमै सेवा दिने उदेश्यले शिवीरको आयोजना गरीएको उनीहरुको भनाई रहेको छ । जिल्लाको र्सुनया गाउँपालिकाले केही दिन अघी मात्र निशुल्क आखाँ शिवीर सम्पन्न गरेको छ । पालीकाका सद्बाज, मोतीनगर, रौलेश्वरमा शिवीरको आयोजना गरीएको थियो ।

ग्रामीण क्षेत्रका नागरीकहरुलाई सहज होस् भन्ने उदेश्यले शिवीरको आयोजना गरीएको गाउँपालिकाका अध्यक्ष विर बहादुर विष्टले बताउनुएको छ । सबै नागरीकहरुको स्वास्थ्यमा पहँुच पुगोस् भनेर शिवीरको आयोजना गरेको उहाँले बताउनुभयो । यस्तै पुरचौर्डी नगरपालिकाले पनि केहि दिन अघी घुम्ती शिवीर सम्पन्न गरेको छ । शिवीरमा जेष्ठ नागरीकहरुलाई निशुल्क सेवा दिईएको थियो । साथै छालाका रोगीहरुको पनि शिवीरमा उपचार गरीएको थियो ।

गरीब , असहाय , जेष्ठ नागरीकहरु उपचारको लागी बाहीर जान नसक्ने भएकोले उनीहरुलाई सहज होस् भनेर नगरपालिकामै शिवीरको आयोजना गरीएको नगरउपप्रमुख जानकी ऐर बलमे बताउनुभयो । यसैबिच पाटन नगरपालिकाले पनि शिवीरको आयोजना गरेको थियो । निशुल्क शिवीरले नागरीकहरु खुसी भएका छन् ।