ठक्करबाट पैदल यात्रुको मृत्यु

0
Shares

भक्तपुर, (नेस)
भक्तपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । निशान गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको हो । भक्तपुर नगरपालिका ९ च्यामासिंह स्थित ब्रम्हायणी तर्फ जादै गरेको बा ५ ख ३८३९ नं. को निशान ट्रकले पैदल यात्री रामेछाप सुनपाती गाउँपलिका ३ घर भई हाल च्यामासिंह बस्दै आएका वर्ष ३५ को चन्द्र बहादुर मोक्तानको ज्यान गएको हो ।

ठक्करबाट गम्भिर घाईते भएका मोक्तानको उपचारका क्रममा मध्यपुर अस्पताल ठिमीमा राती साढे आठ वजे मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका २ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष ३१ को राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।