कांग्रेस महामन्त्री खड्काको दलित बस्तीमा बास

0
Shares

बासुदेव शर्मा, जाजरकोट
नेपाली काग्रेस जाजरकोटको जिल्ला सम्मेलनमा जाजरकोट पुगेका काग्रेस महामन्त्री पुर्ण वहादुर खडका दलित वस्तीमा बास वस्नु भएको छ । मंगलवार काग्रेसले आयोजना गरेको जिल्ला सम्मेलनको प्रमुख अतिथिको रुपमा आउनु भएका खडकाले विहाना दलितकै घरमा खाना खानु भएको थियो भने बेलुका जाजरकोट खलंगा सदमुकामको दलित वस्तीमा वास वस्नु भएको थियो ।

काग्रेसले २०१५ साल देखि दलितहरुको घरमा खाने वस्ने जनताको पक्षमा आवाज उठाउदै आएकोले जनतालाई अति आवस्यकता योजनाहरु काग्रेसको पालामा भएकोले जनतासग वोल्दा काग्रेसको पालाका योजनाहरु जनता माझ पस्कन आग्रह गर्नु भयो । काग्रेसको निति र सिद्धान्तलाई जनताहरुसग प्रष्टसग आफना कुरा राख्न सिक्नु पर्ने वताउनु भयो । कसैले पनि जनतालाई विन भेदभाव सहयोग गरी जाजरकोट जिल्लालाई काग्रेस मय वनाउन सुझाव दिनु भयो । नेकपाका नेता कार्यकर्ताले नेपाली काग्रेस अएस आराम गर्ने पाटी भन्ने गरेकोले उक्त वोलीलाई चिर्दै अगाडी वढनको लागी निरन्तरता दिएको मात्र हो काग्रेसले दलितको घरमा खाने वस्ने नेकपाका भन्दा ३० वर्ष अगाडी देखि सवैको घरमा वस्दै आएकोले कुनै समस्या नपर्ने वताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेता खडकाले धेरै जातजाति नभएर नेपालमा दुई वटा जात महिला र पुरुष मात्र भएकोले छुवाछुतको अन्त्य गर्न जिल्लाका कार्यकर्ताहरुले गाउँमा चेतना फैलाउन आवस्यक रहेकोले जनता सामु राम्रो सन्देश दिन आग्रह गर्नु भयो ।

जिल्लाका नेता कार्यकर्ताहरुलाई गाउँ गाउँ गएर काग्रेसले गरेका कामहरु भने मात्र धेरै ठुलो सफलता मिल्ने छ । जिल्लाका नेता कार्यकर्तालाई गाउँ गाउँ जान पनि आग्रह गर्नु भयो ।

कार्यकर्ताहरुसगको छलफलमा नेपाली काग्रेसा गुट र उपगुट नभएको वताउनु भयो । महामन्त्री खडका विहिवार विहाना आफनो निर्वाचन क्षेत्र सुर्खेतको सिम्ता गाउँपालिकाम गएको निर्वाचनमा भोट दिएका र आफुलाई भोट नदिई पछुतो मानेका मतदाताहरुलाई धन्यवाद दिन त्यस तर्फ प्रस्थान गर्नु भएको हो । कार्यकर्ताहरुलाई साथीहरुसग कुनै असमझदारी भए वसेर छलफलका माध्यामबाट प्रष्ट भएर पार्टीलाई वनियो वनाएर आगामी वर्षमा नेपाली काग्रेस पार्टीलाई पहिलो पार्टी वनाउनु सवैलाई आग्रह गर्नु भएको हो ।