राहतको नाममा राजनीति

0
Shares

गोकुल घोरसाइने, बारा
हावाहुरीबाट पिडित परिवारलाई राष्ट्रिय जनता पार्टी नेपालले राहतमा छाता दिएको छ । पार्टी नेता महन्थ ठाकुर सहितका नेताह्ररुले २ दिनअघि पर्सौनी र देवताल गाउँपालिकाका पुगेर पिडित परिवारलाई ५५० थान छाता वितरण गरेका थिए । छाता राजपाको चुनाव चिन्ह पनि हो ।

पिडितको हातमा आफनो पार्टीको चुनाव चिन्ह नै थमाउने राजपाको पछिल्लो कार्य राहतको नाममा दलहरुले गर्दै आएको राजनितिको एउटा उदाहरण मात्रै हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली काग्रेस र संघीय समाजवादी फोरमका नेता कार्यकर्ताले राहत सहयोगलाई पार्टीको प्रभाव विस्तार गर्ने मौकाको रुपमा प्रयोग गर्दै आएका छन ।

हुरी प्रभावित क्षेत्रमा दलका कार्यकर्ताले राहतमा आफनो दलको स्वार्थ अनुकुल काम गरेको बारा पत्रकार संजय मिश्र बताउछन । ‘राहतको नाममा कसैले प्र्रतक्ष्य र कसैले अप्रतक्ष रुपमा राजनिति गरेका छन, उनले भने फरक यति हो कि राजपाले पिडितलाई पार्टीको चुनाव चिन्ह नै दिएर सबैले देख्ने र बुझने गरी राहतमा राजनिति गर्ेको छ ।’

दुइ साता अघिको महाबिपत्ति प्रभावितलाई सहयोग गर्ने नाममा दलका कार्यकर्ता आफनो प्र्र्रभाव क्षेत्र र स्थानीय तहमा पार्टीले जितेको स्थानमा बढी सक्र्रिय देखिएका छन । छाता विरण गरिएको पर्सौैनी र देवताल पनि स्थानीय निर्वाचनमा राजपा समर्थित उम्मेदवार विजयी बनेको गाउँपालिका हो । राजपा कार्यकर्ताहरु पार्टीको प्रभाव क्षेत्र मानिएको परवानीपुर गापामा पनि बढी सक्रिय देखिएका छन ।

त्यसै गरी हुरी पिडितलाई वितरण गर्न भनेर घटनाको पर्सीपल्ट एक ट्रक सामाग्री सहित काठमाण्डौबाट आएका काग्रेश प्रदेश नम्बर ३ प्रदेश सभा ससदीय दलका नेता ईन्द्र बानिया पनि सिधै पचौरता नगरपालिका ४ स्थित बेनौली टोलमा पुगेका थिए । करिव ७ लाख मुल्य बराबरको खाद्यान्न, म्यान र त्रिपाल जस्ता सामाग्र सहित पुगेका नेता बानिया पार्टीको तर्फबाट प्रदेश सभा निर्वाचनमा पराजित मणिभुषण र पचौरता नपामा मेयर पदका प्रत्यासी किशोरी यादवसंगको सल्लाहामा हावाहुरीले तुलनात्मक रुपमा कम क्षेति बेहोरेको बनौली गएका हुन । उनले महागढीमाइ्र्र नपाको तेलगाइ्र्र र बबहीमा पनि राहत सामाग्र्र्र्री बाँडे ।

महागढीमाईका पिडित परिवारलाई काग्रेश उपसभापति विमलेन्द्र्र निधि र अर्का नेता शेखर कोइरालाले पनि महत्वका साथ भेटघाट र राहत वितरण गरेका थिए । स्थानीय निर्वाचनमा महागढीमाइ्र्र नपाको प्रमुख र उपप्रमुख सहित अधिकांश वडामा काग्र्रेश पार्टीका उम्मेदवारले जितेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पनि प्रभावित क्षेत्रको निरीक्षण गरेका छन । हुरीपीडितको राहतका लागि कांग्रेसले पार्टीका तर्फबाट २५ लाख र संघीय संसद्का सांसदको दुईदुई दिनको तलब प्रभावितलाई दिने घोषणा गरेको छ ।

संघीय समाजवादी फोरमका नेताहरु भने क्षेत्र नम्बर २ को सुवर्ण गापा र महागढीमा्रई नपामा बढी केन्द्रीत देखिन्थ्ये । यस क्षेत्रमा फोरमको तर्फबाट संघीय संसद सदस्यमा विजयी रामसागर यादव एक सातासम्म सुवर्ण र महागढीमाईमा मात्र केन्द्रीत थिए । सुवर्ण गापाको स्थानीय तहमा फोरमले चुनाव जितेको छ ।

सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरु पनि पार्टीको प्रभाव क्षेत्र मानिने र स्थानीय निर्वाचनमा जितेका वडाहरुमा बढी केन्द्रीत देखिएका छन । बरिष्ट नेता माधव नेपालले फेटा सहित परवानीपुर ५ स्थित चैनपुर, देवताल गापा ७ स्थित रामपुर्वामा पुगेर राहत वितरण गरेका थिए । हुरीबाट सबै भन्दा बढी प्रभावित फेटा गापा ४ को पुरैनिया, वडा नम्बर २ स्थित दिनबिनियामा तत्कालिन एमाले उम्मेदवारले चुनाव जितेका छन ।

रामपुर्वा, भलुही र चैनपुर पनि नेकपाको प्रभाव क्षेत्रको रुपमा चिनिन्छन । हुरी प्र्रभावित क्षेत्रका पर्ने जिल्लाका ९ स्थानीय तहमध्ये सत्तारुढ नेकपाले केह्री वडा बाहेक कुनै तहमा प्र्रमुख उपप्रमुख पद जितेको छैन । तर राहत सहयोगमा सो पार्टीका नेता कार्यकर्ता सबै भन्दा बढी सक्रिय देखिएका छन । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीबाट शुरु भएको निरीक्षण र राहत वितरण क्र्रममा नेकपाका केन्द्रीय तहका दर्जनौ नेता प्रभावित क्षेत्रमा आइसकेका छन ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रभावितलाई पाँचपाँच लाख दिलाउन पहल गर्ने घोषणा गरेका छन । नेकपा संसदीय दलले आफ्ना सांसदबाट एक दिनको तलब प्रभावितलाई दिने निर्णय गरेको छ । सोह्री पार्टीको ३ नम्बर प्र्रदेश कमिटीले पिडितलाइ्र्र नगद र जिन्सी गरी १४ लाख ७० हजार प्र्रदान गरेको छ ।