बारामा चट्याङ र हुरीले सात जना घाइते

0
Shares

बारा ।
बारामा म्रंगलबार साझ परेको चट्याङ्ग र हुरीबतासमा परेर सात जना घाइते बनेका छन । घाइते मध्ये ६ जनाको जिल्ला अस्पताल कलैया र एकको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार चट्याङ्ग लागेर कलैया उपमहानगरपालिका–१२ धर्मनगरका नैमुद्दिन अन्सारी, धन्कु पासवान, लोबर राम, रामप्रवेश माझी, जितन माझी रहेका छन । धर्मनगरको महल इँट्टा उद्योग रहेको घरमा चट्याङ पर्दा सोही उद्योगमा काम गर्ने मजदुरहरु घाइते भएका छन् । कलैया उपमहानगरपालिका ६ की सलमा खातुन पनि चट्याङ्ग लागेर घाइेत भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गरी हुरीले उडाएको घरकोघ छानाले लागेर फेटा गाउपालिका ७ कि भगवति देवी पनि घाइते छिन । घाइते मध्ये नैमुद्दिनको वीरगंजस्थित नेशनल मेगिकल कलेज र अन्यको जिल्ला अस्पताल कलैयामा हिजो रातिदेखि नै उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

चट्याङले घरमा आगोसमेत लागेपछि कलैयाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
लगातार जसो आउन थालेको हुरीबतास, असिना पानी र चट्याङ्गले बाराको जनजीवन त्रसित बन्दै आएको छ ।