अवैध हतियारसहित एक जना पक्राउ

0
Shares

बारा ।
प्रहरीले कलैया उपमहानगरपालिका वडा नं ४ निवासी खड्गभक्त शर्मा खरेललाई घरेलु हतियार सहित पक्राउ गरेको छ । जिप्रका कलैयाबाट खटेको टोलीले बस्नेतको कलैया उप महानगरपालिका वडा नं ४ पन्नाबाग्िरस्थत घरमा लुकाइ राखेको अवस्थामा १ थान अवैध कटुवा पेस्तोल, सोमा प्रयोग हुने २३ थान गोली र पेस्तोलमा प्रयोग हुने खाली म्यागजिन १ थान सहित खरेललाई प्रक्राउ गरेको हो ।

प्रहरीले घर खानतलासीको क्रममा दराजभित्र लुकाई राखेको अवस्थामो हतियार र सोमा प्रयोग हुने अन्य अवैध समान बरामत गरेको बताएको छ ।