बसको ठक्करबाट एक जनाको मृत्यु

0
Shares

वीरगन्ज ।
वीरगन्जमा बुधबार बिहान स्कुल बसले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।
महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अलौं माध्यमिक विद्यालयमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

यसैबीच मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका छन् । बाराको त्रिवेणी घर भएका विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।वीरगन्ज–१४ बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो ।

करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।वीरगञ्ज हेल्थ केयरमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।