मन्त्री विष्टद्धारा बडिगाड नदीमा जलयात्राको शुरुवात

0
Shares

अनिल खत्री, गुल्मी ।
नेपाल सरकार श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले बडिगाड नदिमा जलयात्रा गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको प्रबद्र्धनमा झक्कले एग्रो टुरिजम रिसोर्ट प्रालिको आयोजनामा व्यवसायिक रुपमा सुरु गरीएको हो ।

जलयात्राको उद्घाटन पछि मन्त्री बिष्टले बडिगाड नदिमा जलयात्रा गरेका हुन् । उद्घाटन पनि बोल्दै मन्त्री बिष्टले बडिगाड नदिलाइ भरपुर उपयोग गरी समृद्धि हासिल गर्न स्थानीय तहहरुलाइ आग्रह गरे । देशमा भएका बिभिन्न सम्भावनाहरुलाइ उपयोग गर्ने हो भने आर्थिक बिकास तथा समृद्धि सम्भव हुने बताए ।

ढोरपाटन घुम्न आउने पर्यटकहरुलाइ यस क्षेत्रमा जलयात्राको निम्ती ल्याउन सक्ने हो भने यो क्षेत्रमा पर्यटनको ठुलो सम्भावना रहेको मन्त्री बिष्टको भनाइ छ । मन्त्री बिष्टले आउने जेठ महिनाको मध्यवधि पछि प्रत्येक स्थानीय तहहरुमा धेरै युवाहरुले रोजगार पाउने बताए ।‘आउने जेठ महिना पछि प्रत्येक स्थानीय तहमा तीन चार सय युवाहरुले रोजगारी पाउनेछन्’ उनले भने ‘युवाहरुलाइ नेपालमै रोजगारी दिन सरकार क्रियाशील छ’ । उनले जनतालाइ मानवीय जीवन बाँच्ने गरी सामाजिक सुरक्षा योजनामा समेट्ने भन्दै उनले आउने जेठको बजेट सँगै बृद्धबृद्धा तथा एकल महिलालाइ दिने भत्ता बृद्धि गर्ने बताए ।

किसान तथा गरीब जनताहरुको जीवन बदल्ने गरी दुनियाको मानचित्रमा नेपाललाइ समृद्धिको देश भनेर चिनाउने उनको भनाइ छ । सुखी नेपाली र समृद्ध नेपाल बनाउने चाहीरहेको बताए ।
बडिगाड नदीमा नया बर्ष अफरको रुपमा मँगलबारबाट व्यवसायिक जलयात्रा सुरु गरीएको हो । झक्कले एग्रो टुरिज्म रिसोर्ट प्रालिले एक महिना सम्म बडिगाड नदीमा जलयात्राको मज्जा लिने अवसरमा जुटाएको हो ।

खर्बाङ्ग देखी झेँदी, झेँदी देखी भुवाचिदी तथा भुवाचिदी देखी झक्कले सम्म तीन चरणमा राफ्टीङ्ग गरीने भएको हो । लामो समयसम्म जलयात्रा गर्न चाहनेहरुको लागि छुट्टै प्याकेजको पनि ब्यबस्था हुने बताइएको छ ।

सीट भने ४सय ५० जनलाइ मात्र रहेको रिसोर्टका अध्यक्ष चुरामणी सापकोटाले बताए । एकजनाको जलयात्राको लागि ८ सय ५० रुपैया टिकट शुल्क तोकिएको सापकोटाले बताए । त्रिशुली, सुनकोसी नदिमा २५ सय रुपैया जलयात्राको लिइने गरीएको छ ।

हाल तोकिएको मुल्य निकै नै सस्तो भएको र सो अवसरको सदुपयोग गर्न आग्रह गरीएको छ । ८ जनाको समुहमा आएमा १० प्रतिशत छुट तथा विद्यार्थीलाइ २० प्रतिशत छुट दिइने भएको छ ।

यस अघि मुसिकोट नगरपालिकाले बडिगाड नदीमा गत पौष १२ गते राफ्टिङ्गको परीक्षण गरेको थियो । त्रिशुली नदीमा जलयात्रा गराइरहेको मानध्वज गुरुङ्ग सहितको ७ सदस्यीय बिज्ञ टोलीको उपस्थितीमा बडिगाड नदीमा जलयात्रा गरीएका थियो ।

समुहनै हाल जलयात्राको लागि आउने वडा ७ का अध्यक्ष प्रकाश काफ्लेले बताए । बडिगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निष्कर्ष निकालेको थियो । नदीमा रहेका ठुला ढुँगा हरु मिलाउने काम पनि गरीएको छ ।