सिंगाे सञ्चार जगतमा अपुरणीय क्षतिः कांग्रेस

0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले कामना न्युज पब्लिकेसन्स प्रा.लि. का अध्यक्ष एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधनले सिङ्गो संचार जगतमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ– नेपाल समाचारपत्रका प्रधान सम्पादक एवं एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुःखीत बनाएको छ ।

लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिङ्गो संचार जगतमा अपुरणीय क्षति पुगेको भन्दै सभापति देउवाले भन्नुभएको छ– स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट संचार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपुरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।

काग्रेस सभापति देउवाले स्वर्गिय श्रेष्ठकोे आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।