श्रेष्ठको निधनले पत्रकारीता क्षेत्रमा ठुलो रिक्तताः व्याञ्जु

0
Shares

काठमाडाैँ ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै उहाको निधनले पत्रकारीता जगतमै ठुलो रिक्तता उत्पन्न गरेको बताउनु भएको छ ।
श्रेष्ठको निधनपछि धुलिखेल नगरका प्रमुख व्यञ्जुले भनेका छन– अग्रज पत्रकार, व्यवसायीक मिडियाका जनक श्रेष्ठको निधनबाट देशले एक सुयोग्य र निष्ठावान पत्रकार मात्र गुमाएको छैन, पत्रकारीता जगतमै ठुलो रिक्तता उत्पन्न गरेको छ । कामना पब्लिकेसन्स प्रा लिका अध्यक्ष श्रेष्ठको निधनले आफु अत्यन्त दुखित भएको भन्दै उहाले यस अपुरणीय क्षतिमा श्रेष्ठका परिवार जनमा गहिरो समबेदना पनि प्रकट गर्नु भएको छ ।